काठमाडौं । नेपालमा फेरि मनसुन सक्रिय हुने भएकाले पुन २/४ दिन वर्षा हुने भएकाे छ ।
शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाले विशेष बुलेटिन जारी गरेर साउन २४ गते रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ ।
महाशाखाले हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाे र न्युन चापीय रेखा जहाँ पर्छ त्यहाँ वर्षा हुने जनाएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।