गायक दम्पत्तिलाई नै देखियो कोरोना

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बस्दै आएका गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गायक महतले आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

‘ध्यान राख्दा–राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान/श्रीमती पनि यसबाट बँच्न (जोगिन) सकेनौ। हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं।’

अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गरी बस्दै आएका छन्।