एनआरएन इन्फ्रास्टक्चरमा ३ लाख २० हजारले पाए गोलाप्रथाबाट १० कित्ता सेयर



काडमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।

आज अर्थात मंगलबार बिहान बाँडफाँट गरिएको नतिजा अनुसार ९७ हजार ३४४ जना आवेदकले भने सेयर पाएनन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ ३ लाख २० हजार ६१४ जना आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।