धनुषाको जनकपुरधाममा फेरि एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
१८ दिनदेखि आईसीयूमा राखेर उपचार गरिदैं आएका उनको गएराती निधन भएको हो । उनी क्षयरोग र निमोनियाबाट ग्रसित हुँदै आएका थिए । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
Comments







