काडमाडौं । चुरोटको धुँवाँ शरीरको लागि हानिकारण मानिन्छ । त्यो भन्दा खतरा भने अगरबत्तीको धुँवा हुनसक्छ । अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ। कतिपय अवस्थामा दुर्घन्धको प्रभाव कम गर्न पनि अगरबत्ती बालिन्छ। हामीलाई अगरबत्ती बाल्नु सामान्य लाग्छ । अझ त्यसको असरबारे हामीले सायदै नसोचेको पनि हुनसक्छ । जबकी यो निकै घातक हुन्छ, स्वास्थ्यका लागि ।
अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ। अगत्तरवत्तीको धुँवाँले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।
जुन घरमा अगरबत्ती बढी बालिन्छ त्यहाँ केहि रोगको खतरा पनि रहन्छ । अगरबत्तीको धुँवाँमा कार्बनमोनोअक्साइड हुन्छ, जसले फोक्सोलाई नराम्ररी असर पुर्याउँछ । यसले दम, खोकीको रोग ल्याउँछ। निरन्तर अगरबत्तीको धुँवाँमा बस्नेहरुलाई श्वासप्रश्वासमा जटिल समस्या हुन्छ। उनीहरुलाई सामान्य रुपमा सास फेर्न पनि समस्या हुन्छ।
अगरबत्ती वा धुपबत्तीको धूवामा लोमो समयसम्म बस्दा यसमा रहेको नाइट्रोजन र सल्फर डाईअक्साइड ग्यास शरीरमा पुग्छ। स्वस्थ्य शरीरका लागि मुटु पनि तन्दुरुस्त हुनुपर्छ । यस्तो अवस्थामा जब दिनहुँ अगरबत्तीको धुँवाँमा सास फेरिन्छ, यसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँछ । यसले गर्दा हृदयघातको जोखिम हुन्छ। त्यसैले घरमा नियमित रुपमा अगरबत्ती बालिन्छ भने, मुटुको समस्या आउन सक्छ । यसमा सावधान हुनुपर्ने देखिएको छ ।