काठमाडौं । लिलामी अन्तर्गतको एनएलजी इन्सुरेन्सको १ लाख ६१ हजार ७८ कित्ता सेयर भर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयसम्ममा यसमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । संस्थापक समूहको ८१ हजार २२४ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।