काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नाफा गत वर्षको तुलनामा वृद्धि देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १४.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले ६ करोड ८१ लख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ८३.५०% ले बढेर २६ करोड २६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १४ करोड ३१ लख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।