काठमाडौ. । आर्थिक वर्ष ७६/७७ मा नबिल बैंकको खुद नाफामा गिरावट आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको नाफा १५.८६ % ले घटेर ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँमा सीमित भएको हो ।
अघिल्लो वर्ष यस बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म बैंकको वितरण योग्य नाफा पनि १८.५६ प्रतिशतले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १.९४ प्रतिशत र १५.४८ प्रतिशतले घटेको छ ।
Comments