काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ ।
भदौ दोस्रो साताबाट गर्ने भनिएको परीक्षा रोकिएपछि अब कहिले गर्ने भन्ने अनिश्चित समेत बनेको छ । त्रिविले भने अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने जनाएको छ । परीक्षा हुन नसके पनि माथिल्लो तह र सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन थाल्न भने त्रिविले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।