Friday, August 21, 2026
21.1 C
Kathmandu
Home ब्यानर साउनमा मात्र पर्सामा कोरोनाबाट २२ को मृत्यु

साउनमा मात्र पर्सामा कोरोनाबाट २२ को मृत्यु

काठमाडौं । साउन महिनामा मात्र पर्सा जिल्लामा कोरोनाका कारण २२ जनाको निधन भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जनाको कोरोनाबाट पुनः निधन भएको हो ।

वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो ।

योसँगै पर्सामा मृत्यु हुनेको संख्या २२ पुगेको हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।