काठमाडौं । अहिले काठमाडौंको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी क्षेत्रसहित कलंकी आसपास क्षेत्रमा ठूलो मात्रामा कोरोना संक्रमित फेला परेका छन् ।
कालिमाटी तरकारी बजार, बल्खु तरकारी मण्डी, फलफूल मण्डीका साथै कलंकी नाकादेखि खाद्यान्नका ठूल्ठूला होलसेल अवस्थित यस क्षेत्रमा तीन दर्जन बढीमा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं महानगरपालिका वडा १४ मा पर्ने यस ठाउँहरु मध्ये कुलेश्वर क्षेत्रमा मात्र १० जनामा कोरोना पुष्टि भएको छ त्यहाँ फलफूल मण्डीका साथै खाद्यान्नका ठूल्ठूला होलसेल अवस्थित छन् । त्यस्तै, कालिमाटीमा ३, आवास हाइटमा ३, गणेश मन्दिरमा ५, कलंकीमा ९, बल्खुमा २, हनुमान गल्लीमा ३, बाफलमा २ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितको संख्या बढेसँगै वडाले अत्यावश्यक सेवा बाहेकका अन्य पसलहरु बन्द गरेको छ । यस क्षेत्रका संक्रमितहरुले भने आइसोलेशन पाएका छैनन् । कतिपय संक्रमितहरु घरमै बसेको समेत पाइएको छ ।







