काठमाडौं । प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व कार्यालय जोरपाटीबाट राजश्व संकलनको सम्पुर्ण कारोबार सुरु गरेको छ । प्रभु बैंकको जोरपाटी शाखाबाट सोमबारदेखि कारोबार सुरु गरिएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरीक राजश्व कार्यालय जोरपाटीको पनि राजश्व संकलन गरेर आप्mनो सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभु बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवा ग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रभु बैंकका अनुसार २०८ वटा शाखा कार्यालय, १७३ वटा एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।