अधिवक्ता डा. श्रेष्ठको कवितासङ्ग्रह ‘मृत्यु परिसर’ सार्वजनिक

काठमाडाैं । वरिष्ठ अधिवक्ता डा. शंकरकुमार श्रेष्ठको कवितासङ्ग्रह ‘मृत्यु परिसर’ सार्वजनिक भएको छ । श्रेष्ठको यो कवितासङ्ग्रहमा ७८ वटा कविता सङ्ग्रहित छन् ।

जीवन र मृत्युका विषयमा लेखिएका कवितामा मृत्यु सामान्य प्रक्रिया भएकाले यसबाट भाग्न नहुने सन्देश दिन खोजेको श्रेष्ठ बताउँछन् ।

उनको यो तेस्रो कवितासङ्ग्रह हो भने उनका ५ वटा कथासङ्ग्रह र एउटा उपन्यास प्रकाशन भइसकेका छन् ।

पीडित न्याय प्रणालीका प्रणेता श्रेष्ठको नेपाली-अंग्रजी-नेपाली बृहत् शब्दकोश, पहिलो कानुन शब्दकोशसहित पीडित न्याय प्रणालीका विषयमा विभिन्न ५ वटा पुस्तक प्रकाशन भइसकेका छन् ।

पैरवी प्रकाशनले प्रकाशन गरेको यस सङ्ग्रहमा श्रेष्ठ स्वयम्‌ले जीवन र मृत्युका विषयमा लामो भूमिकासमेत लेखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।