गणेश कार्की

उहाँ हुनुहुन्छ, मुकेशराज काफ्ले र उहाँसँगै जोडिएको तालिका हो, लोडसेडिङ तालिका । उहाँ कुलमान घिसिङ विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हुनु भन्दा ठ्याक्कै अघिल्लो कार्यकाल सम्हाल्ने मान्छे हुनुहुन्छ ।
जब जनार्दन शर्मा र कुलमानले कमिसनको श्रृंखला तोडेर लोडसेडिङ हटाए, तब यी मुकेशराज काफ्ले भन्दै थिए, “लोडसेडिङ हट्न असम्भव छ । नेपालमा लोडसेडिङ हट्यो भने म सार्वजनिक पदमा कहिलै पनि बस्दिन ।”
कथामा पहिलो मोड त्यति बेला आयो, जब कुलमानले लोडसेडिङ हटाए र दोस्रो मोड अहिले आउँदैछ, जब कुलमानको कार्यकाल सकिन लाग्दैछ र उहाँ मुकेशराज काफ्ले फेरि प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा आउँन प्रयासरत छन् र भन्दैछन्, “लोडसेडिङ हटाउने जग मैले बसाएँ ।”
त्यो भन्दा घीनलाग्दो कुरा यो छ कि मुकेशराज काफ्ले कार्यकारी निर्देशक हुन सक्ने सम्भावना पनि छ । – सामाजिक सञ्जालबाट








