काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मिर्गौला पीडितको मृत्यु भएको छ ।
मिर्गौला पीडित बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुष डायलाइसिस गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आइतबार बिहान अस्पताल पुगेका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।