काठमाडौं । हिजो घटेर कारोबार भएको सुनको भाउ सोमबार पनि घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँमा आएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय २०रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ रहे थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Comments