काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम झनै बढेको छ । काठमाडौं उपत्यकामा दिनदिनै संक्रमितको संख्या थपिएको थपियै छ ।

एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।