काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल मुत्यु संख्या १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका ४ महिला र ८ पुरुष संक्रमितको मृत्यु भएको बताए ।

मन्त्रालयका अनुसार मोरङकी ५६ र ६५ वर्ष, भक्तपुरकी ६४ र मकवानपुरकी ७१ वर्षकी महिलाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षका पुरुषको मृत्यु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।