काठमाडौं । अहिलेसम्मकै सबैभन्दा उच्चतम् मूल्य कायम गरेको सुनको मूल्य नेपाली बजारमा कहिले थोरै बढ्ने त कहिले घट्ने क्रम जारी छ ।

यसै क्रममा नेपाली बजारमा सुनको भाउ शुक्रबार प्रतितोला १ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँ कायम भएको जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसदिन चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा आएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।