कोरोनाले ड्यामेज भएको फोक्सो र मुटु ३ महिनापछि आफैं निको हुन थाल्यो

कोरोनाबाट मुटु र फोक्सोमा असर गरेको समाचार सुनिरहनु भएकाहरुलाई खुसीको खबर प्राप्त भएको छ । कोरोनाबाट सञ्चाे भएकाहरूमा लामो समयसम्म फोक्सो र मुटुको क्षति हुने जोखिम बिरामीहरूमा देखा परेकाे बताइएकाे थियाे । तर नयाँ अनुसन्धानले यस डरलाई कम गर्न मद्दत पुगेकाे छ । अस्ट्रियाका अन्वेषकहरूले भनेका छन्, संक्रमणबाट मुक्ति पाएकाे ३ महिना पछि फोक्सो र मुटुले आफूलाई पुनः रिकभरी गर्न थाल्दछ । अप्रिल २९ देखि र जुन ९ सम्म कोरोनाका ८६ बिरामीहरूमा गरिएकाे अनुसन्धानले यसको खुलासा गरेकाे हाे । यो अनुसन्धान युरोपियन श्वसन संस्था अन्तर्राष्ट्रिय कांग्रेस जर्नलमा पनि प्रकाशित भएको छ ।

यसरी गरिएको थियो अनुसन्धान

बिरामीहरुलाई तीन पटक चेक अपको लागि बोलाइयो: अनुसन्धान भन्छ, कोरोना बिरामीहरुलाई उपचार पछि छैठौं, १२ औं र २४ औं हप्ता फेरि चेक अपको लागि बोलाइएको थियो। चेकअपको क्रममा, धेरै परीक्षणहरू गरियो, फोक्सोको परीक्षण गरियो त्यस क्रममा रगतमा अक्सिजन र कार्बन डाइअक्साइडको स्तर देखिएकाे थियाे ।

पहिलो चेकअपमा ८८% बिरामीहरूको फोक्सो क्षति: अनुसन्धानले पत्ता लगायो कि जब पहिलो पटक चेकअपको गरियाे, ५० प्रतिशत भन्दा बढी बिरामीहरूलाई सास फेर्न गाह्रो, खोकी जस्ता केही न केही समस्या देखिएकाे थियाे । सीटी स्क्यान गरेर हेर्दा ८८ प्रतिशत बिरामीहरूमा फोक्साेकाे क्षति फेला परेको थियो । दोस्रो चेकअपमा भने ५६ प्रतिशत परिवर्तन देखिएकाे थियाे । डिस्चार्ज पछि १२ औं हप्तामा चेक अपमा झनै धेरै सुधार देखिएको थियो । फोक्साहरू बिरामीमा घटेर ५६ प्रतिशतसम्म सुधार भएको थियो । तीमध्ये ६५ प्रतिशत बिरामीहरू थिए जसलाई पहिलो जाँचको क्रममा सास फेर्न र खोकीमा समस्या थियो। २४ र्औ हप्तामा गरिएको जाँचमा त्यहाँ उल्लेखनिय रुपमा बिरामीको सुधार भएको थियो ।

अनुसन्धानकर्ता डा. सबिना शहनिक भन्छिन्, यो नराम्रो खबर हो कि बिरामीहरूले कोरोनासँग लडाई गरे पछि फोक्सोको क्षति हुन्छ तर एउटा खुशीको खबर यो छ कि उनीहरूले समयसँगै आफूलाई सुधार पनि गरेका छन् । छैठौं हप्ता जाँचमा, ५८ प्रतिशत बिरामीहरूको मुटुको बाँया भेन्ट्रिकल ठीकसँग काम गरिरहेको थिएन । यसमा क्षति, रगतका थोकहरू र सूजन समावेश थिए। तर, केही समय पछि, चेकअपमा भने तिनीहरूमा सुधार भइरहेको सकारात्मक परिवर्तनहरू देखा परिरहेका थिए । -एजेन्सीको सहयोगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।