काठमाडौं । कोरोना पोजेटिभ देखिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई ज्वरो बढेपछि अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । उनलाई ज्वरो बढेपछि मंगलबारसाँझ चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालले डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ । पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत भएका थिए । सोसमयमा पनि डा. कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।