Sunday, September 20, 2026
21.1 C
Kathmandu
Home ठगी र अपराध अनुहारको दाग छिटो हटाउन आजैदेखि अपनाउनुस् यस्ता घरेलु उपाय

अनुहारको दाग छिटो हटाउन आजैदेखि अपनाउनुस् यस्ता घरेलु उपाय

सुन्दर तथा आर्कषक अनुहार कसको राेजाईमा नपर्ला र ? विभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ। हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने बारे चर्चा गर्दैछौं।

१. आलु र कागती : एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मिनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।

आलु र काँक्रो : सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने।

३. आलु र गोलभेंडा : काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने ।गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।