हिजो घटेको सुनको मूल्य आज बढ्यो, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा हिजो घटेको सुनको भाउ आज भने वृद्धि भएको छ । आज प्रतितोला ४ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ रहेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।