काठमाडौ. । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर देखिएको छ । सुनको मूल्य शुक्रबारकै दरभाउमा किनबेच भइरहे पनि चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरि दबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा भने अघिल्लो कारोबार दिन सुनचाँदीको मूल्य बढेको देखिन्छ । आज सुन प्रति अउन्स एक हजार ९५० डलरमा र चाँदी प्रति अउन्स २६ डलरभन्दा बढिमा कारोबार भएको थियो । आइतबार भने अन्तरराष्ट्रिय सुनचाँदी बजार बन्द रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।