काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको निधन भएको छ । ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट निधन भएको छ ।