काठमाडौं । स्याङ्जामा पहिरोबाट एकै परिवारका ९ जनाले ज्यान गुमाएका छन् । वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका हुन् । यस्तै, कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको ज्यान गएको छ ।

तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको निधन भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।