काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले असोज २८ मा विशेष साधारणसभा आह्वान गरेको छ । सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गराउने उद्देश्यले बैंकले साधारण सभा बोलाएको हो ।
सभाले सिटी एक्सप्रेसलाई प्राप्तिका लागि ड्यु डेलिजेन्स अडिट (डिडिए) अर्थात् सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन तथा कम्पनीको वित्तीय विवरण लेखाजोखा गर्ने, प्राप्तिपश्चात हुने पुँजी वृद्धिअनुसार बैंकको प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्ने बताइएको छ। बैंकले कोरोना भाइरसका कारण अनलाइनबाटै भर्चुअल रुपमा विशेषसभा गर्नेछ ।