निजी प्रयोगशालाकाे सरकारलाई चुनाैती, महँगाे शुल्क नघटाउने भन्दै विज्ञप्ती



काठमाडौं । निजी प्रयोगशालाहरुले सरकारले ताेकेकाे शुल्कमा परिक्षण नगराउने भन्दै सरकारलाई नै चुनाैती दिएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य जारी गरेेर आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका छन् ।

सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेकोमा निजी ल्याबहरूले नमान्नेे भएका हुन् । निजि ल्याबले चर्काे शुल्क लिँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने रमिते बनेर बसेकाे छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने जनाएका हुन् । अब सरकारले के कदम चाल्छ त्याे हेर्न बाँकी छ ।