काठमाडौं । आज मंगलबार सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा ९०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुनचाँदीको भाउमा वृद्धि भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।