काठमाडौँ । हाम्रो घर वरिपरि आयूर्वेदिक उपयोग हुने विभिन्न झारपातहरु भएपनि हामीलाई कुन रोग लाग्दा कसरी खाने भन्ने ज्ञान नहुँदा त्यसै खेर गइरहेको हुन्छ। त्यस्तै आज हामी तपाईलाई त्यस्तै आयूर्वेदिक वस्तुको बारेमा जानकारी गराउँछौं जसले एउटा गम्भीर रोगलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ।

आँपको पात पनि मधुमेह जस्तो खतरा रोगीहरुलाई लाभदायी हुन्छ । मधुमेह हेर्दा सजिलै थाहा नपाउन रोगमध्ये एक हो । शरीरमा चिनीको मात्रा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ । यो एक गम्भीर रोग हो किनकी यसले रोगीलाई बिस्तारै आफ्नो नियन्त्रणमा लिन्छ । त्यसैले मधुमेहलाई साइलेन्ट किलरको रुपमा लिइन्छ। संसारभर मधुमेह रोगी दिनानुदिन बढ्दै गइरहेका छन्।

यस प्रकारको बिरामीको रगतमा ग्लुकोजको मात्रा आवश्यकभन्दा बढी हुने तथा रक्तकोशिकाले ग्लुकोजलाई राम्रोसँग उपयोग गर्न दिंदैन। र, शरीरका विभिन्न अंगहरुमा शिथिलता ल्याउँछ।

मधुमेहको मुख्य कारणहरु

शारीरिक व्यायामको कमी,मोटोपना, असन्तुलित भोजन, खराब जीवनशैली,

मधुमेहका लक्षण

धेरै भोक लाग्नु, पिसाब बढी लाग्नु, चोटपटक चाँडो निको नहुनु, छाला सुख्खा हुनु

आज हामी मधुमेह रोगीहरुका लागि एक सजिलो चमत्कारी घरेलु उपचार विधि लिएर आएका छौं । यो विधि निकै सजिलो छ ।

यसमा उपयोग हुने औषधिमा भिटामिन, मिनरल तथा अन्य तत्वहरु पाइने हुँदा मधुमेह रोगका अलवा अन्य रोगको लागि पनि लाभदायी हुन्छ ।

यस्तो छ तरिका

पहिला १०-१५ वटा आँपको कलिलो पातहरु टिप्नुहोस् र त्यसलाई भाँडामा हालेर केहीबेर उमाल्नुहोस्।

उमालिएको आँपको पातलाई एक रात त्यसै छोड्दिनुहोस्।

भोलिपल्ट बिहान उक्त झोल (पातबाहेक) पिउनुहोस् ।

यसलाई करीब २/३ महिना नियमित सेवन गरेमा नतिजा तपाईले थाहा पाउनुहुनेछ । मतलब यसको प्रयोगले तपाईको मधुमेहको मात्रामा निकै कमी आइसक्नेछ।

यसको नियमित प्रयोगले तपाईको मधुमेह केही मात्रामा कमी आउँन सक्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।