काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

उनीहरुमध्ये ५२० जनाको निधन भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।