काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन तथा चाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। हिजो सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी सुनका साथै मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ। आज तोकिएको सुन र चाँदीको मूल्य पछिल्लो एक साता यताकै उच्च विन्दु हो।
Comments







