काठमाडौं । जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । जसअनुसार २ लाख ७३ हजारलाई १० कित्ता पाएका छन् भने ५ लाख २१ हजारको हात खाली भएको छ ।

कम्पनीको आईपिओमा ७ लाख ९६ हजार ७ सय ३४ जनाले आवेदन दिएका थिए । जसमा २ हजार १ सय ८८ जनाको आवेदन रद्द भएको र ७ लाख ९४ हजार ५ सय ४६ जनाको आवेदन योग्य भएका थिए । जसमा गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले समान १० कित्ता शेयर पाएका हुन् भने ५ लाख २३ हजार ७ सय ३४ जना आवेदक हात खाली भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।