गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर



पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लि. ले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा बुधबार गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. श्री रबिन्द्र श्रेष्ठले एक समारोहका बिच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् ।
गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम बिना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।
एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ । प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।