नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको निधन भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका—१५ की ३५ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे निधन भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको निधन भएको छ । यसैबीच, बाँकेमा आज ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।