पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकाकामा २५४० नयाँ संक्रमित थपिएका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
उनीहरुमध्ये ५९० जनाको निधन भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् । देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।
Comments







