कोरोना संक्रमित बढेपछि फ्रान्समा फेरि देशव्यापी लकडाउन

काठमाडौं । कोरोना संक्रमित बढेपछि फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले नोभेम्बरभरीका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्।

शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्। विद्यालय र फ्याक्ट्रीहरू भने बन्द गरिएको छैन ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो। माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताएका छन् । यसअघि मार्चमा लकडाउन गरिएको थियो ।