काठमाडौं । बल्खुस्थित स्टार हस्पिटलले कोरोना परीक्षणको नाममा ठगी धन्दा गरेको पाइएको छ । स्टार हस्पिटलमा पिसिआर परीक्षण गराएर विदेश उडेका यात्रुहरुमा सम्बन्धित देशमा पुग्ने बित्तिकै कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट देखिएको छ ।

यसरी पोजेटिभ देखिने स्टार हस्पिटलमा परीक्षण गराउनेको मात्र संख्या एउटा नभएर करिब आधा दर्जन रहेको छ । स्टार हस्पिटलसहित हेम्स हस्पिटल, सुर्य हेल्थकेयर, सेन्टर डाइगोनेस्कि ल्याबमा कोरोना परीक्षण गराएर नेपाल एयरलाइन्सबाट विदेश पुगेपछि विदेशमा कोरोना परीक्षण गराउने बित्तिकै पोजेटिभ आउँदा नेपाल एयरलाइन्सलाई नै उडानमा प्रतिबन्धको स्थिति समेत सिर्जना भएको छ ।

नेपाली विभिन्न निजी ल्याबको परीक्षणमा कोरोना नेगेटिभ देखिने तर विदेशमा पुग्न साथ परीक्षण गर्दा पोजेटिभ देखाएपछि ल्याबको बदमासी भएको ठहर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई छानबिनका लागि पत्र लेखेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार २४ घण्टाको समयावधी दिएर ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

नेपाली निजी ल्याबमा नेगेटिभ रिपोर्ट आएर विदेश पुग्ने पुग्नेबित्तिकै परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएकाहरु

पर्यटन मन्त्रालयको पत्रमा उपत्यकाका विभिन्न निजी प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको जनाइएको छ ।

नेपाल एयरलाइन्सको उडानमा सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेका पीसीआर रिपोर्ट लिएर विदेश गएका थुप्रै यात्रुमा उहाँ पुग्नेवित्तिकै गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जानकारी पत्रमा दिइएको छ । जस अनुसार पत्र अनुसार अक्टुबर २ मा हङकङ गएका ५ जनामा उता परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको थियो । त्यसैगरी हङकङमै अक्टुबर १९ मा गएका ९ जनामा पनि पोजेटिभ रिपोर्ट देखिएको थियो ।

यसै कारण हङकङको नागरिक उड्यनन विभागले पटक–पटक नेपाल एयरलाइन्सको उडान रद्द गर्दै आएको मन्त्रालयको पत्रमा भनिएको छ । दुबईको उडानमा पनि यस्तै केस देखिएर यूएईको नागरिक उड्यन विभागबाट पनि ध्यानाकर्षण गराइएको थियो । नेपाल एयरलाइन्सको काठमाडौं–नारिता ९जापान० को प्रत्येक उडानमा जाने २ देखि १० जनासम्म यात्रुमा उता परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।