हिजो घटेको सुनचाँदीको मूल्य आज बुधबार बढ्यो (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा हिजो घटेको सुनचाँदीको मूल्य आज थोरै बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरिएको जनाएको छ ।

मंगलबार छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अज चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी प्रति तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रति तोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला