काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि लगातार नेकपा, नेपाली कांग्रेस लगायत विभिन्न दल, नागरिक अगुवादेखि विभिन्न संघ संगठनले आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले संविधाान र व्यवस्थामा नै खतरा उत्पन्न भएकोे बताइरहेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा र उनी नजिकका नेताहरुको भूमिका शंकास्पद देखिएको छ । गत ३ माघमा नेपाली कांग्रेसका देशभरका ७ सय ५३ स्थानीय तहमा संसद विघटनको विरोध प्रदर्शन गरेको थियो । प्रायः सबै नेताहरु कुनै न कुनै ठाउँमा गएर सम्बोधन गरे । सबैले संसद विघटनको विरोध गरे भने पुनस्र्थापनामा जोड दिए । उक्त दिन सभापति देउवा भने कुनै ठाउँमा पनि देखिएनन् । उनी उक्त दिन कहाँ गए र के गरे भनेर अहिलेसम्म कसैले पनि खुलाएका छैनन् । अहिलेसम्म उनले प्रतिनिसभा विघटन हुनुपर्ने माग समेत राखेका छैनन् ।
देउवा मात्र हैन, देउवा निकट मानिने प्रेस युनियनका सभापति बद्री सिग्देलको पनि भूमिका उस्तै देखिएको छ ।

६ माघ अर्थात मंगलबार प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आयोजना गर्यो । उक्त भेलामा सम्पादक तथा लेखक नारायण वाग्ले समेत सहभागी भएर प्रतिनिसभा विघटनको विरोध गरे । तर, सिग्देल देखिएनन् । कार्यक्रम सञ्चालक राजेश राईले अतिथिका रुपमा सिग्देलको नाम लिएका थिए । तर, पछि उनै राईले स्वास्थ्य अवस्थाका कारण सिग्देल आउन नसकेको र भेला सफलताको शुभकामना पठाएको जानकारी दिए ।

सिग्देल निकट युनियनका नेताहरुले उनी कोरोना भाइरस संक्रमणका कारण आउन नसकेको जिकिर गरेका थिए । तर, उनले मंगलबार नै प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा भने सहभागी भएर नेपाल पत्रकार महासंघको आगामी नेतृत्व सबै संगठनहरुको सर्वसहमतीमा चयन गर्न युनियनले पहल शुरु गरेको जनाएको राष्ट्रवाणी अनलाइनले समाचार लेखेको छ । यसरी, सिंगो मुलुक प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरिरहेको अवस्थामा देउवा रउनी निकटका नेताहरुको भुमिका शंस्कास्पद बन्न पुगेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।