काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को आईपिओ सेयर भरेका सबैले कम्तिमा ५० कित्ता सेयर पाउने भएका छन् । बैंकका आज बुधबार प्रि अलोटमेन्ट भएको हो ।
प्रि अलोटमेन्ट मोडल अनुसार १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य भएको छ भने ६ हजार २ सय ७६ जनाको आवेदन अयोग्य भएको छ । जस अनुसार १० देखि ५० कित्ताको लागि आवेदन दिने सबैले माग गरे बमोजिम नै शेयर पाउने देखिएको छ ।
त्यसपछि ६० कित्ता र त्यस माथि माथिको लागि आवेदन दिने मध्येबाट ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन् । यस हिसाबमा एक जनाले अधिकतम ६० कित्तासम्म शेयर पाउने भएका छन् । आईपिओको बाँडफाँड शुक्रबार बिहान १० बजे हुने छ । बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।