महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्दै

काठमाडौं । के तपाई आईपिओ भर्ने तयारी गरेर बसीरहनु भएको छ ? त्यसो भए महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्ने भएको छ । आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ ।

गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो भने संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला