आमहडतालः नेताहरुलाई पक्राउ गरेपछि प्रचण्ड पनि आफैं निस्किए सडकमा

काठमाडौं । अष्टलक्ष्मी शाक्यसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफैं आमहडताल सफल बनाउन सडकमा निस्किएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।
प्रचण्ड–नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।