काठमाडौं । आम हडतालको पक्षमा उत्रिएको भन्दै प्रहरीले नेकपा स्थायी किमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट पक्राउ गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले आह्वान गरेको आम हड्तालका लागि सडकमा उत्रिएका शाक्यसहित केही नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो।
प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको पक्षमा सडकमा आएको भन्दै प्रहरीले उनीहरुलाई बिहानै गिरफ्तार गरेको हो ।