प्रचण्ड–माधव समूहबाट हैन, ‘भिजिलान्ते’ प्रयोग गरेर ट्याक्सीमा आगजनी

काठमाडौं । गैरसंवैधानिक नियुक्ति र संसद विघटनका विरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा माधव नेपाल समूहले बिहीबार गरेको आमहडतालमा प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भयो । आगजनीबाट ट्याक्सी पुरै खरानी भयो ।

अहिले सामाजिक सञ्जालहरुमा आगजनीकाे विषयलाइ लिएर प्रचण्ड–नेपाल समूहको विरोध भइरहेको छ । तर, उक्त समूहले भने घुसपैठ गरेर बदनाम गराउन अज्ञात तत्वले आगजनी गरेको आशंका गरेका छन् । समूहका एक नेताले सरकारी पक्षबाट नै घुसपैठ गरी ट्याक्सीमा आगजनी भएको आशंका गरेका छन् । ‘हामीबाट त्यस्तो आगजनी गर्ने योजना थिएन र हैन, सरकारी पक्षबाटै हाम्रो पार्टी तथा समुहको बदनाम गराउन यस्तो कार्य भएको हुनुपर्छ ।’ ती नेता बताउँछन् ।

ट्याक्सी चालक ४१ वर्षीय कुम्भनारायण श्रेष्ठले नेपालखबर डटकमसँग बिहीबार बिहानै यात्रु बोक्न थापाथली पुगेको थापाथलीबाट एक यात्रुलाई म्हैपी पुर्याएको म्हैपीमा पाएका अर्का यात्रुलाई कपुरधारा पुर्याएर त्यहाँबाट गोंगबु बसपार्कतिर मोडिदाँ बाटोमा उभिएका दुई जनाले हात दिएको र उनीहरूले आगजनी गरेकाे बताएका छन् ।

उनका अनुसार यात्रु भन्ठानेर गाडी रोक्दा एकले चाबहिल जाने हो भनेर सोधको थिए । उनले बस्नुस् भन्दै मिटर चलाउन थालेको तर त्यति नै बेला ती दुइ व्यक्तिबाट आगजनी भएको जनाएका छन् ।

बन्दकर्ताहरु भए समूहमा हुनुपर्ने र झण्डासहित हुनुपर्ने भन्दै नेकपा प्रचण्ड–माधव समूहले ट्याक्सी आगजनी आफूहरुबाट नभएर भिजिलान्तेहरुबाटै भएको हुनसक्ने ठाेकुवा गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।