काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान मन नपरेकै कारण प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको बताए ।

जनता समाजवादी संखुवाभाले संसद् विघटनको विरोधमा गरेको आमसभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले गरेको असंवैधानीक कदमको विरोध जनाएका हुन् । प्रधानमन्त्री ओलीलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति अनिक्षा भएका कारण संसद् विघटन गरी संविधानलाई असफल बनाएको भट्टराईको आरोप छ भट्टराईले भने, ‘बाहिरका शक्तिहरु पनि यो संविधान गए पनि जाओस भन्ने पक्षमा रहेकाले त्यसैसँगको मिलमतोमा उहाँले यो दुस्कर्म गर्नुभयो ।’

उनले प्रधानमन्त्री ओलीले अहिलेको चुनाव पनि गराउन नसक्ने र संविधान पनि रक्षा गर्न नसक्ने दाबी गरे । जनयुद्ध, जनआन्दोलले ल्याएको संविधानको रक्षाका लागि सबै पार्टी र जनता सडकमा आउन आवश्यक रहेको उनको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।