आजपनि देशभर मौसम बदली

काठमाडौं । आज शनिबार पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ महाशाखाको अनुमान छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।