काठमाडौं । सामान खरिदमा ८० प्रतिशतमात्र अग्रिम भुक्तानी दिन सकिने कानुनी व्यवस्थालाई बाधा अड्काउ फुकाउँ गर्दै सरकारले भारतबाट २० लाख डोज खोप खरिद गर्ने भएको छ ।
तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । सेरमले सबै रकम अग्रिम भुक्तानी गर्नुपर्ने अडान राखेको थियो । आज बसेको मन्त्रीपरिषद बैठकले अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । सरकारले यहीँ फागुनभित्र दोस्रो चरणको २० लाख डोज खोप ल्याउने तयारी गरेको छ भने उक्त खोप ५५ वर्ष उमेर पुगेकाहरुलाई लगाउने तयारी गरिएको छ ।
यसअघि भारत सरकारले निःशुल्क १० लाख डोज खोप उपलब्ध गराएको थियो । उक्त खोप चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लगायतलाई लगाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।