Thursday, September 24, 2026
17.1 C
Kathmandu
Home अर्थ खबर एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा केसी पुनः नियुक्त

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा केसी पुनः नियुक्त

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुनः नियुक्त भएका छन्। फागुन पाँच गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निरन्तरता दिने निर्णय गरेको हो।

चार वर्ष अघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसीको कार्यकाल यहि फागुन मसान्तबाट सकिँदै छ। कार्यकाल सकिन लागेपनि सञ्चालक समितिको बैठकले उनलाई पुनः नियुक्त गरेको हो।

करिब ३१ वर्षको बैंकिङ्ग अनुभव लिएका केसीले तत्कालिन ग्रिण्डलेज बेंकबाट आफ्नो बैंकिङ्ग करिअर सुरु गरेका थिए। उनले ६ वर्ष एनएमबि बैंकमै डेपुटी सीइओको रुपमा काम गरेका थिए।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।