काठमाडौं १४ फागुन । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।